Logo

पूर्व सचिव गोपी मैनालीलाई गाडी फिर्ता गर्न निर्वाचन आयोगको निर्देशन

पूर्व सचिव गोपी मैनालीलाई गाडी फिर्ता गर्न निर्वाचन आयोगको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले पूर्व सचिव गोपीनाथ मैनालीलाई गाडी फिर्ता गर्न निर्देशन दिएको छ । आयोगका पूर्व सचिव मैनालीलाई पटक–पटक ताकेता गर्दा पनि आयोगको गाडी फिर्ता नगरेपछि आयोगले पत्रनै काटेर गाडी फिर्ता गर्न निर्देशन दिएको हो ।

गाडी खरिदको विरोधमा आयोगको सचिवबाट निश्किएका सचिव मैनालीले प्राडो गाडी नै लिएर हिडेपछि समस्या उत्पन्न भएको आयोगले जानकारी दिएको छ । मैनालीले आयोगको सचिवबाट सरुवा भएको १ महिना वितिसक्दा पनि ल्याण्डक्रुजर प्राडो गाडी, ल्यापट र आइफोन सेभेन मोबाइल फिर्ता नगरेको आयोगद्वारा काटेको पत्रमा उल्लेख छ ।

आयोगले गाडी सहित अन्य सामानहरु फिर्ता गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा पत्र काटेको हो । मैनाली आयोगबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयमा गएका छन् ।

आयोगले प्रधानमन्त्री कार्यालयलाई साउन ६ गते शुक्रबार पत्र काटेको थियो । साथै पत्र प्राप्त भएको २४ घण्टा भित्र मैनालीले लगेका सामानहरु फिर्ता गर्न समेत दिर्नेशन दिएको छ ।

आयोगका अनुसार मैनाली आयोगबाट सरुवा हुँदा बा १० च ८८०९ नम्बरको टेरिएस र बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो लिएर गएका थिए । टेरिएस गाडी फिर्ता गरेपनि ल्याण्डक्रुजर गाडी, ल्यापटप र आइफोन सेभेन प्लस मोबाइल भने फिर्ता नगरेको उक्त पत्रमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL