Logo

तपाईको उद्योग व्यवसायमा समस्या छ ?, महासंघले शुरु गर्यो हेल्पलाईन

तपाईको उद्योग व्यवसायमा समस्या छ ?, महासंघले शुरु गर्यो हेल्पलाईन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग ब्यवसायीको समस्या सम्बोधन गर्न ‘हेल्पलाईन’ संचालनमा ल्याएको छ । महासंघको नयाँ कार्यसमिति चयन भएको १ सय दिन पुगेको उपलक्ष्यमा महासंघले ‘मेम्बर्स हेप्ललाईन’ सेवा संचालनमा ल्याएको हो । उक्त हेल्पलाईनमार्फत देशभर रहेका महासंघका सदस्यहरुले आफुलाई परेका समस्या तथा गुनासो महासंघ समक्ष राख्न सक्नेछन् ।

हेल्पलाईनको महासंघका अध्यक्ष भवानी राणाले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । उद्घाटनको क्रममा आएको गुनासोको महासंघका बस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले संबोधन गरेका थिए ।

महासंघले हेल्पलाईनको लागि ‘१६६००१०००१८’ को टोल फ्री नम्बर संचालनमा ल्याएको हो । उक्त नम्बरमा उद्योगी ब्यवसायीले आफुलाई परेको समस्या महासंघ समक्ष राख्न सक्नेछन् । महासंघले पनि उक्त नम्बरमार्फत आएको व्यवसायीको गुनासो तथा समस्यालाई तत्काल सम्बोधन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL