Logo

११ महिनामा ३९ अर्ब ४ करोडको नेपाली वस्तु भारततर्फ

११ महिनामा ३९ अर्ब ४ करोडको नेपाली वस्तु भारततर्फ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/०७४ मा नेपालबाट ६८ अर्ब ६२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । एघार महिनासम्ममा कुल वस्तु निर्यात १०.४ प्रतिशतले वृद्धि भएको हो । यसमध्ये सबैभन्दा बढी भारततर्फ ३९ अर्ब ४ करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । गत आवको ११ महिनामा भारततर्फ १२ प्रतिशतले बढेको छ ।

भारत पछी नेपाली बस्तुको बजार तेस्रो मुलुक रहेको छ । ११ महिनामा २८ अर्ब रुपैयाँ बराबरको सामग्री निर्यात भएको तथ्यांकले देखाएको छ । जुन गत अघिल्लो आवको सो अबधिको तुलनामा ८.७ प्रतिशतले बढी हो ।

त्यसो त नेपालबाट छिमेकी राष्ट्र चीनमा पनि बस्तुहरु निर्यात हुँदै आएको छ । सो अबधिमा चीनतर्फ १ अर्ब ५६ करोड रुपैयाँ बराबरको सामग्री मात्र गएको छ ।
११ महिनामा भारततर्फ सबैभन्दा बढी ४ अर्ब ८३ करोड रुपैयाँ बराबरको जुस निर्यात भएको छ । त्यस्तैै १ अर्ब ५१ लाखको जुट, ३ अर्ब ७५ रुपैयाँको अलैची, ३ अर्बको टेक्सटायल बाहिरिएको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैचा, अलँैची, तयारी पोशाक, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

अन्य मुलुकतर्फ ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको उलन कार्पेटको निर्यात भएको छ । त्यसैगरी ३ अर्ब ५४ करोड रुपैयाँको रेडिमेड गार्मेन्ट बाहिरिएको तथ्यांकलेदेखाएके छ । यता चीनतर्फ सबैभन्दा बढी ३६ करोड रुपैयाँ बराबरको हस्तकला निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL