Logo

पूर्व अर्थमन्त्री महत भन्छन्, ‘अब शान्ति, स्थिरता र सुशासनबाट आर्थिक विकासको बाटोमा’

पूर्व अर्थमन्त्री महत भन्छन्, ‘अब शान्ति, स्थिरता र सुशासनबाट आर्थिक विकासको बाटोमा’


बिजखबर संवाददाता
0
Shares

पूर्व अर्थमन्त्री डा रामशरण महतले अबका दिनमा शान्ति, स्थिरता र सुशासन दिएर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनु पर्ने बताए । ने विचार व्यक्त गर्नुभएको छ ।

‘राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको सम्पूर्णरुपमा अगुवाई गर्ने पार्टी कांग्रेसले आगामी दिनमा पनि आर्थिक विकासको सशक्त नेतृत्व लिएर अगाडि बढ्नेछ,’ लमजुङ्गको बेशीशहरमा कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको बीपी स्मृतिसभा तथा स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा उनले भने, ‘अब राजनीतिलाई निकास दिएर विकासको बाटोमा नलागे देशले आर्थिक रुपमा गति लिन सक्दैन ।’

विगत अढाई दशकको अवधिमा अर्थतन्त्रम ठूलो बढोत्तरी आएको जानकारी दिँदै करप्रणालीमा गरिएको सुधार र लगानी प्रोत्साहनका लागि गरिएको नीतिगत सुधारका कारण माओवादी हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताकाबीच पनि अर्थतन्त्रका धेरै सूचकांकहरुमा उल्लेख्य सुधार आएको बताए । ‘गाउँ गाउँमा विकास तथा आर्थिक गतिविधिहरु विस्तार भएका छन,’ उनले भने, ‘बैंक, बीमा, शिक्षा, स्वास्थ्य, सञ्चार, जलविद्युत, शुद्ध खानेपानीमा पहुँच लगायतका क्षेत्रमा उल्लेख्य सुधार आएको छ ।’ डा महतले स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुले आर्थिक विकासको उच्च मनोभावना अनुसार काम गर्नुपर्ने बताए

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL