Logo

खाली फर्कने मालबाहक सवारीलाई नारायणघाट–मुग्लिन भएर आउन बन्देज

खाली फर्कने मालबाहक सवारीलाई नारायणघाट–मुग्लिन भएर आउन बन्देज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यातायाता ब्यवस्था विभागले खाली फर्कने मालबाहक ट्रकलाई बैकल्पिक मार्ग प्रयोग गरी फर्कने व्यवस्था मिलाउने भएको छ । हाल मग्लिन–नारायणगढ सडकखण्डमा सवारी चाप उच्च भइ जाम बढी भएको भन्दै खाली फर्कनले मालबाहक सवारीलाई बैकल्पिक बाटो भएर फर्कने व्यवस्था गर्न लागिएको सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताए ।

मुग्लिन–नारायणघाट सडकखण्ड आगामी अप्रिल २०१८ सम्म पूर्ण रुपमा सञ्चालनमा आउने हुँदा सो अबधिसम्म यातायातको चाप घटाउन खाली फर्कने मालवाहक ट्रकहरुलाई अन्य वैकल्पिक बाटो मात्र प्रयोग गर्ने व्यवस्था लागू गर्न लागिएको उनले जानकारी दिए । साथै विभागले वर्षायाम पश्चात उक्त राजमार्गको स्तरोन्नति कार्यलाई द्वुत गतिमा अघि बढाउने भएको छ ।

मुग्लिन–नारायणघाट राजमार्गको स्तरोन्नति सम्पन्न नभएसम्म वैकल्पिक राजमार्गरुहको रुपमा फर्पिङ–हेटौंडा र हेटौंडा–दक्षिणकाली राजमार्गलाई एकतर्फी रुपमा सञ्चालन गर्ने तथा कान्ती लोकमार्ग, त्रिभुवन राजपथ तथा मलेखु भण्डारा भएर जाने बाटोको प्रयोग बढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL