Logo

साउन १६ देखि स्थानीय तहबाटै मतदाता नामावली संकलन

साउन १६ देखि स्थानीय तहबाटै मतदाता नामावली संकलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनलाई सहज बनाउने निर्णय गरेको छ । यसअघि जिल्ला स्थित निर्वाचन आयोगबाट मात्र मतदाता संकलन कार्य निर्णय गरेकोमा अब स्थानीय तहबाटै संकलन गर्ने निर्णय गरेको हो ।

आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति घोषणा नभएसम्म सबै जिल्ला स्थानीयलाई र बाह्य जिल्लाका मतदातालाई पनि फोटो सहितको मतदाता नामावली संकलन गर्न मिल्ने व्यवस्था गरेको हो ।

आयोगले साउन १६ गतेदेखि ७ सय ४४ स्थानीय तहबाट पनि मतदाता नामावली संकलन अभियान साउन ३२ गतेसम्म सञ्चालन गरिने आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL