Logo

चेम्बरका प्रतिनिधि र भारतीय राजदूतबीच भेट, नेपालको ठूला आयोजनामा लगानी गर्न आग्रह

चेम्बरका प्रतिनिधि र भारतीय राजदूतबीच भेट, नेपालको ठूला आयोजनामा लगानी गर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मनजीभ सिंह पुरीसँग सोमबार काठमाडौंमा भेट गरेको छ । सो अबसरमा नेपाल र भारत दुवै देशको आर्थिक विकासका लागि दुई देश बीचको सहकार्यलाई अझ बढी मजबुत वनाउनु पर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनाहरुमा लगानीका लागि भारत सरकारसँंग आग्रह गरे । दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य सहरहरुसम्म पुग्ने गरी परियोजनाहरु बनाउनु पर्नेमा विशेष जोड दिए ।

नेपालका लागि भारतीय राजदूत पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक भएको बताए । साथै दुई देश बीचको सहकार्य जनस्तरसम्म भएको जानकारी दिए ।

पुरीले जलविद्युत, पर्यटन लगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने भएकोले दुवै देशले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

साथै नेपाल र भारत बीचको मित्रतालाई अझ मजबुत बनाउनु पर्नेमा जोड दिए  । उक्त कार्यक्रममा चेम्वरका पदाधिकारीहरु तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL