Logo

कामनपाले भन्यो ‘छत र कौशिमा विज्ञापन राख्न पाइदैन’, सुर्ती तथा मदिराजन्य विज्ञापन निषेध

कामनपाले भन्यो ‘छत र कौशिमा विज्ञापन राख्न पाइदैन’, सुर्ती तथा मदिराजन्य विज्ञापन निषेध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनको छत र कौशिमा परिचय पाटी वा विज्ञापन सामग्री राख्न नपाउने व्यवस्था गरेको छ । त्यस्तै भवनमा झ्याल छोपेर राख्न नपाइने भएको छ।

महानगरपालिकाका अनुसार बाटोको सिमानादेखि १० फिट भित्र तथा सधियारको सिमानादेखि पाँच फिट भित्र र सार्बजनिक स्थान वा संस्थान कार्यलयमा विज्ञापन राख्न पाइदैन । सार्बजनिक उत्तरदायित्व अन्तर्गत निर्माण भएका जुन कुनै संरचनामा निर्माणकर्ताको नाम बाहेक राखिएका जुन कुनै तस्बिर वा अक्षरको विज्ञापन कर छुट नहुने व्यवस्था महानगरले गरेको छ ।

सुर्तीजन्य,मदिरा तथा नेपाल सरकारबाट प्रतिबन्धित तथा काठमाडौ महानगरपालिका नगर कार्यपालिकाबाट निषेध गरिएका बिज्ञापन सामग्री प्रचारप्रसार गर्न पाइदैन ।
भवन, जमिन,व्यापारिक वा व्यवसायीक केन्द्र होटल वा रेष्टुराँ वा विद्यालय,सिनेमा हल, पेट्रोल पम्प वा जुन कुनै भवनको भित्री भागमा वित्रापन गर्ने प्रायोजनका लागि राखिएको प्रचार सामग्रीमा कर छुट नहुने काठमाडौं महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL