Logo

भदौभित्र लेखा परीक्षण गरिसक्न निर्देशन, नगरे कारबाही

भदौभित्र लेखा परीक्षण गरिसक्न निर्देशन, नगरे कारबाही


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । महालेखा परीक्षकको कार्यलयले भदौभित्र लेखा परीक्षण गरिसक्न निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणी शर्माले हालसम्म लेखा परीक्षण नगराएका संस्थाहरुलाई भदौभित्र लेखा परीक्षण गर्न निर्देशन दिएका हुन् ।

महालेखा परीक्षकले लामो समयदेखि लेखा परीक्षण नहुनु गम्भिर विषय भएको भन्दै यस्तो निर्देशन दिएको बताएका छन् ।

सो अबधिभित्र लेखापरीक्षण नगर्ने कम्पनीलाई कारबाही गरिने उनले बताएका छन् । बुधबार लेखासमितिको बैठकमा उनले यस्तो निर्देशन  दिएका हुन् । महालेखा परीक्षक कार्यलयका अनुसार बीमा संस्थान, नागरिक लगानी कोषलगायतले लामो समयदेखि लेखापरीक्षण गरेका छैनन् ।

त्यस्तै पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, खाद्य संस्थन, गुठी संस्थान, त्रिभुवन विश्वबिद्यालयलगायतले लामो समयदेखि लेखा परीक्षण नगराएको बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL