Logo

विकास समितिले भन्यो ‘उपत्यकाका सडक ३ महिनाभित्र दुरुस्त बनाउ’

विकास समितिले भन्यो ‘उपत्यकाका सडक ३ महिनाभित्र दुरुस्त बनाउ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विकास समितिले उपत्यका भित्र सडकको निर्माण ३ महिनाभित्र गरिसक्न निर्देशन दिएको छ । मंगलबार बसेको व्यवस्थापिका संसदको विकास मितिको बैठकले  निर्माणाधिन सडकहरुलाई ३ महिनाभित्र दुरुस्त अवस्थामा ल्याउन निर्दिष्ट गरेको हो ।

उपत्यका भित्रका सडकहरुलाई तत्काल स्त्तरोन्नति गर्न, मापदण्डअनुसार सडकको चौडाई तत्काल विस्तार गर्न,आगामी दिनमा बिजुलीका तारहरुलाई युटिलिटिटनेल अन्तर्गत अन्डर ग्राउन्ड गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिकालाई र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो ।

समितिले नेपालमा सडक निर्माण गर्ने सीमित निकायहबीच समन्वयको ठूलो अभाव देखिएको औल्याएको छ । उपत्यका भित्रको कूल जमिनको करिव ७.५ प्रतिशत मात्रै सडकले ओगटेको र जुन महानगर तथा राजधानी सहरकालागिचाहिने अन्तर्राष्ट्रियमा पदण्डभन्दा धेरै नै न्यून भएकोले सडक विस्तार गर्न भनेको छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्डमा अत्याधिक सवारी चाप रहेकोले सडक विस्तार अनिवार्य छ । यो सडकखण्ड विस्तारका लागि घर जग्गाको मुआब्जामा समस्या, नगर विकास मापदण्ड अनुसारको विस्तारमा रहेको समस्या, फरक फरक मितिमा नेपाल सरकारले गरेको निर्णय अनुसार पर्न गएको समस्याहरुलाई छिटोभन्दा छिटो टुङ्ग्याउन समितिले निर्देशन दिएको छ । ‘यस सडकखण्ड विस्तारका सम्बन्धमा सर्वोच्च अदालतको आदेशको उच्च सम्मान गर्दै पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति समेत उपलब्ध गराई सम्भावित उपाय समेत पहिल्याई उक्त विस्तार कार्य शीघ्रातिशीघ्र गर्न गराउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिकपूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई निर्देश गर्दछ’ निर्णयमा भनिएको छ ।
त्यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड सम्झौता अनुसार यसै वर्षको अप्रिल महिना भित्रै निर्माण सम्पन्न गरि हस्तान्तरण भैसक्नु पर्नेमा हालसम्म औषतमा ५० प्रतिशत मात्रै कार्य सम्पन्न भएको पाइन्छ ।

समयमा नै निर्माण सम्पन्न नहुनुमा जे जस्ता कारणहरु भएपनि आगामी दिनमा उक्त सडकखण्ड विस्तारको कार्यलाई द्रुतगतिमा गरी सन् २०१७ भित्रै निर्माण कार्य सक्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र सम्बद्ध आयोजनानाई निर्देश गर्दछ ।
मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले नियमित जस्तो आइरहेको पहिरोका कारण जनधनको क्षति समेत हुन गइरहेको छ ।

जसले गर्दा आवागमनमा असहजस्थिति सृजनाभएको छ भने नजिकै रहेका बस्तिमापहिरोको जोखिम बढेको छ । उक्त सडकखण्डमा थप सडक सुरक्षाको प्रवर्धन गर्न,यस सडकखण्डमा वर्षायामको समय सम्म (करिव डेढमहिना) रातिको समयमा सवारी आवागमनलाई निषेध गर्न निर्देश्न दिएको छ ।

मुग्लिन–नारायणगढ सडक स्तरोन्नत्तिको क्रममा बन्ने पुलहरुको टेन्डर लगायतको प्रक्रियाहरु सम्पन्न भएलगत्तै निर्माण कार्य थालिहाल्न, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई निर्देशन दिएको छ ।

कार्यक्रममा उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले सडक स्तरोन्नतीमा क्षतिपूर्ती प्रमुख समस्या भएको बताए । ‘पिडीतहरुले समय सुहाउँदो क्षतिपूर्ती भएन भन्दै छन्’ बैठकमा उनले भने ‘हामीले आगामी आवमा नयाँ मूल्यांन हुन्छ भनेका छौं ।’ त्यस्तै कतिपय घरधनीले सर्बोचच अदालतबाट स्टे अर्डर लिएकोले समस्या बढेको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL