Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्याँस पनि सस्तियो

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्याँस पनि सस्तियो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्य घटेको छ । नयाँ मूल्य कायम भएसँगै पेट्रोलको प्रतिलिटर ९८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रति लिटर ७४ रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपीजी ग्याँसको मूल्य पनि घटाएको छ । ग्याँसको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले घटेको छ । नयाँ मूल्य कायम भएसँगै खाना पकाउने ग्याँस प्रति सिलिण्डर १ हजार ३ सय ५० रुपैयाँमा पाइने छ ।

यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले हवाई इन्धनमा भने प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । नयाँ मूल्य कायम भएसँगै हवाई इन्धनको प्रतिलिटर ८२ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL