Logo

चीनमा गुड्न थाल्यो प्रतिघन्टा ४०० किलोमिटर गतिको रेल, स्वचालित गति नियन्त्रण सुबिधा

चीनमा गुड्न थाल्यो प्रतिघन्टा ४०० किलोमिटर गतिको रेल, स्वचालित गति नियन्त्रण सुबिधा


बिजखबर संवाददाता
0
Shares

चीनको बेइजिङ सांघाई रुटमा चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले शुरु गरेको छ । सोमबार बिहान ११ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ । त्यस्तै सोही समयमै सांघाइबाट सिआर ४०० बिएफ मोडेलको अर्को रेल बेइजिङका लागि छुटेको छ।

चीनको यो द्रुत गतिको रेलले सोमबारदेखि बेइजिङ्बाट यो सेवाको प्रारम्भ गरेको हो । सो रेल सेवाको नाम फक्सिङ दिइएको छ ।
यो रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति ३५० किलोमिटर रहेको छ । यो नै विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा हो ।

फक्सिङमा स्वचालित गति नियन्त्रणको व्यवस्था छ । जसले स्वचालित रुपमा गति निर्धारण गर्ने, दुर्घटना हुनसक्ने वा आकस्मिक अवस्था आयो भने यसले आफै नै गति सीमित गर्छ ।

चाइना रेलवे कर्पाेरेसनका सञ्चालक लु दोङफूका अनुसार रेलसेवाको सुरुवातले चीनको आर्थिक र सामाजिक विकासमा ठूलो भूमिका निर्वाह गर्नसक्छ । सिन्हवा/

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL