Logo

गुराँस लाइफले चुन्यो ४ संस्थापक सञ्चालक, ८% बोनश जारी गर्दै

गुराँस लाइफले चुन्यो ४ संस्थापक सञ्चालक, ८% बोनश जारी गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएका छ । कम्पनीको साधारण सभाले संस्थापक सञ्चालकको रिक्त स्थानमा ४ जना नियुक्त गरेको छ ।

कम्पनीले साधारण प्रस्तावहरुमा आव २०७३/२०७४ का लागि लेखा परिक्षक नियुक्ति लगाएत कम्पनीमा संस्थापक संचालकको रिक्त ४ स्थानमा विवेक दुगड़, ऋषी कुमार गाडिया, शम्भु प्रसाद सुवेदी, मेघराज पौडेलका साथै स्वतन्त्र संचालकमा शिवबहादुर श्रेष्ठलाई अनुमोदन गरेको हो ।

त्यस्तै विशेष प्रस्तावमा कम्पनीको आर्जित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८% का दरले बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै उक्त बोनश शेयर जारि भए पश्चात हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत (२ः१) को अनुपातमा हकप्रद शेयर जारि गर्ने प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

साधारणसभाले चुक्ता पुँजी बृद्धि लगाएत अन्य विविध विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने विषयहरु समेत सर्व सम्मतीले पारित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL