Logo

निजी होस्टेल व्यवस्थापनका लागि सञ्चालन नीति तथा कार्यविधि आवश्यक

निजी होस्टेल व्यवस्थापनका लागि सञ्चालन नीति तथा कार्यविधि आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरभित्र सञ्चालित निजि होस्टेलहरुको व्यवस्थापनका लागि सञ्चालन नीति तथा व्यवस्थापन कार्य विधि तयार गर्नु आवश्यक रहेको बताएकी छिन् ।

आइतबार निजी होस्टेल व्यवसायीको छाता संगठन नेपाल होस्टेल एशोशिएसनका अधिकारीहरुसँगको भेटमा उपप्रमुख खड्गीले होस्टेल, सुरक्षासँग जोडिएको विषय भएकाले संवेदनशील क्षेत्र मानेर तत्काल महानगरको बोर्डमा छलफल चलाउने बताइन् ।

भेटमा एशोशियसनका अध्यक्ष सुवास कोइरालाले होस्टेल सञ्चालन सेवामुलक व्यवसाय भएको बताए । साथै यससँग विद्यार्थीको भविष्य जोडिएको भएपनि सरकारले प्रवद्र्धनमा सहयोग नगरेको गुनासो गरेका थिए ।

उनका अनुसार हरेक शैक्षिक सत्रमा उच्च शिक्षा हासील गर्न देशका विभिन्न ठाउँबाट काठमाडौँ आउने विद्यार्थीमध्ये करिब ३० हजार विद्यार्थीले होस्टेलको सेवा लिने गरेका छन् । युवा अवस्थामा उनीहरुलाई विशेष निगरानी आवश्यक पर्ने तथा अवस्था सधैं सामान्य र सहज नहुन सक्ने बारे छलफल केन्द्रित थियो ।
काठमाडौँ महानगरक्षेत्रमा साढे ३ सय भन्दा बढी नीजि होस्टेल रहेका छन् यीमध्ये करिब २५ प्रतिशत होस्टेलहरु महानगरमा दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL