Logo

नेपाल एसबिआई र हाम्रो विकासको हकप्रद भर्ने आज अन्तिम दिन

नेपाल एसबिआई र हाम्रो विकासको हकप्रद भर्ने आज अन्तिम दिन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसबिआई र हाम्रो विकास बैङ्कको हकप्रद भर्न आइतबारदेखि बन्द हुने भएको छ । दुई बैङ्कले एकै दिन जेठ ७ गतेदेखि हकप्रद शेयरको विक्री खुला गरेकोमा आइतबार बन्द गर्न लागेको हो ।

हाम्रो विकास बैङ्कले वैशाख १० गतेसम्म कायम रहेका शेयरधनीहरुका लागि १ बराबर २ को अनुपातमा शेयर निष्काशन खुल्ला गरेको हो । बैंकले रू एक सय अङ्कित दरको ३० लाख ५८ हजार ३ सय ३८ दशमलव ७५ कित्ता हकप्रद शेयर निष्कासन खुला गरेको बताएको छ । बैङ्कको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

त्यस्तै, नेपाल एसबीआई बैङ्कले १० बराबर ४ को अनुपातमा १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलव ६० कित्ता हकप्रद शेयरको विक्री खुला गरेको हो ।

वैशाख २५ गतेसम्म शेयर स्वामित्व भएको सदस्यहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL