Logo

१० हजार ‘इन्डक्सन’ पनि ४ हजार मै बिक्री, भन्सारले दियो सवाँ २ करोड छुट

१० हजार ‘इन्डक्सन’ पनि ४ हजार मै बिक्री, भन्सारले दियो सवाँ २ करोड छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल ट्रेडिङले भारतीय नाकाबन्दीको समयमा आएको थप १० हजार थान ‘इन्डक्सन चुलो’ पनि प्रतिगोटा ४ हजार रुपैयाँका दरले बिक्री गर्न थालेको छ । चीनले अनुदानमार्फत कुल ११ हजार ३ सय थान इक्डक्सन चुलो पठाएकोमा दोस्रो चरणमा आएको १० हजार थान पनि पुरानै मूल्यमा बिक्री शुरु गरिएको नेशनल ट्रेडिङका महाप्रबन्धक लबराज जोशीले बताए । यस अघि १ हजार ३ सय थान चुलो प्रतिगोटा ४ हजार रुपैयाँमा बिक्री भैसकेको छ ।

चीनबाट आएको २ बर्ष पछि मात्र नेशनल ट्रेडिङले इक्डक्सन चुलो बिक्री शुरु गरेको हो । मूल्य निर्धारणमा बिवाद भएपछि लामो समयसम्म इन्डक्सन बिक्रीमा कठिनाइ भएको थियो । चीनले बार्षिक अनुदान कोटामार्फत उपलब्ध गराएको सो इन्डक्सनको परल मूल्य प्रति गोटा झण्डै १२ हजार रुपैयाँ परेको थियो । सो मूल्यमा बिक्री नभएपछि इन्डक्सन चुलो भन्सार मै रोकिएको थियो ।

लामो समयसम्म सो चुलो भन्सारमै थन्किदा २ करोड ३० लाख रुपैयाँ भन्दा बढी भन्सार शुल्क लागेको थियो । तर, भन्सारले सो शुल्क मिनाहा गरेकाले ४ हजार रुपैयाँमै इन्डक्सन बिक्री गर्न सहज भएको नेशनल ट्रेडिङ जानकारी दिएको छ । हाल नेशनल ट्रेडिङले टेकुस्थित आफ्नै कार्यालयबाट चुलो बिक्री गर्दै आएको छ । खारेजी प्रक्रियामा जान आफ्नो सम्पूर्ण कारोबार बन्द गरेको नेशनल ट्रेडिङले आजबाट इन्डक्सन चुलो मात्र बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL