Logo

स्थानीय सरकारलाई साझेदार बनाउने गरिबी निबारण कोषको निर्णय, ४० लाख जनसंख्यालाई समेट्ने

स्थानीय सरकारलाई साझेदार बनाउने गरिबी निबारण कोषको निर्णय, ४० लाख जनसंख्यालाई समेट्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गरिबी निबारण कोषले आगामी दिनमा स्थानीय सरकारहरुलाई साझेदार संस्थाको रुपमा लिएर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा गत जेठ १६ गते बसेको कोषको ६७ औं बैठकले कोषले स्थानीय तहका सरकारहरुलाई साझेदारी संस्थाहरुको रुपमा लिएर कार्यक्रमलाई लक्षित वडा तथा समुदायमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोषले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाधयक्ष डा. यमबहादुर थापाले आगामी दिनमा देशका सबै स्थानीय सरकारसँग मिलेर गरिबी निबारणका प्रत्यत्नहरुलाई थप प्रभावकारी बनाउँदै कोषलाई स्वायक्त र स्वशासित संस्थाको रुपमा विकास गर्न चाहेको बताए ।

आर्थिक बर्षमा कोषलाई विश्व बैंकलगायत दाताले दिँदै आएको अनुदान सकिन गइरहेका कारण कोषले आयका स्रोत विविधीकरण र बृद्धि गर्न बहुपक्षीय, दिपक्षीय तथा अन्य अन्तरराष्ट्रिय संस्थाहरुबाट समेत योगदान जुटाएर बहुपक्षिय कोषको रुपमा विकास गर्न कोष लागिपरेको समेत जानकारी दिए ।

साथै दीगो विकासका लक्ष्यहरुको मुख्य लक्ष्यको रुपमा रहेको गरिबीको अन्त्य र अन्य लक्ष्यहरु प्राप्तिमा गरिबी निवारण कोषले महत्तवपूर्ण भुमिका खेल्ने बताए ।

कोषले आगामी दिनहरुमा उद्यमशिलता तथा व्यवसाय विकास , रोजगारी सिर्जना,सीप तथा पकेट क्षेत्र विकास , उत्पादित वस्तुहरुको बजारीकरण,अर्धसहरी क्षेत्रमा गरिवी न्यूनीकरणलगायत क्षेत्रलाई प्राथमिकता दिने छ ।

कोषको कार्यक्रम ६० जिल्लामा लागु हनुे छ । ती जिल्लाका ३२ हजार सामुदायिक संस्थाहरु मार्फत ८ लाखभन्दा बढी गरिब घरधुरीका ४० लाख भन्दा बढी जनसंख्यालाई कोषको कार्यक्रमले समेटेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL