Logo

भारतीय लडाकु प्लेन दुर्घटनाग्रस्त, चालक सकुशल

भारतीय लडाकु प्लेन दुर्घटनाग्रस्त, चालक सकुशल


रामराजा श्रेष्ठ
0
Shares

१३ माघ, काठमाडौं । भारतीय वायु सेनाको एमआजी २७ लडाकु प्लेन मंगलवार ३ बजे राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ । प्लेनमा सवार पाइलट भने सुरक्षित रहेको बताइएको छ ।

पाइलटलाई सुरक्षित उद्दार गरिएको नयाँ दिल्लीका रक्षा प्रवक्ताले जानकारी दिए । जमीनमा आक्रमणको लागि प्रयोग गरिने उक्त प्लेन जोधपुरबाट राजस्थानको उत्तारलाई एयर फोर्स स्टेशन तिर जाँदै थियो ।

घटनाको बारेमा थप अनुशन्धान भइरहेको छ\ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL