Logo

सुची बनाउने र अनुमोदन गराउने दुबैलाई ‘प्रसिद्ध प्रबलजनसेवाश्री’ पदक

सुची बनाउने र अनुमोदन गराउने दुबैलाई ‘प्रसिद्ध प्रबलजनसेवाश्री’ पदक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुनै क्षेत्रमा विशिष्ठ योगदान पुर्याए वापत दिइने पदक तथा अलंकार आफन्त र पहुँचवालाई लाई मात्र दिइएको छ । यस पटकको गणतन्त्र दिवशमा विभिन्न मान पदवी पाउने समाजसेवीभन्दा पनि नेतामा आफन्त पहुँचवाला मात्र रहेका छन् ।

सरकारले गणतन्त्र दिवशको अवसरमा विभिन्न क्षेत्रमा ५ सय १४ जनालाई मानपदवी वितरण गर्ने निर्णय गरेको थियो । जसमा मानपदवीको सुची तयार पार्ने र अनुमोदन गराउने दुवै जनाले प्रसिद्ध प्रबलजनसेवाश्री पदक होल्ड गरेका छन् ।

पदकको सुची तयार पार्ने गृहसविच लोकदर्शन रेग्मी र अनुमोदन गराउने मुख्य सचिव डा. सोमलाल सुवेदी दुबैजनाको नाम प्रबलजनसेवाश्री पदक पाउने व्यक्तिको सुचीमा छ । कुल ८ जनालाई उक्त पदकबाट सम्ममान गर्न लागिएकोमा २ वटा सची तयार गर्ने र अनुमोदन गराउने व्यक्तिको नाममा छ । मुख्य सचिव सुवेदीले विद्यावारिधीको उपाधी पनि आफै शिक्षा सचिव भएको समयमा त्रिभुवन विश्वविद्यालयबाट लिएका थिए ।

यो वर्ष विभिन्न मानपदवी पाउनेमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता बढी रहेको गृह मन्त्रालयको सुचीमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL