Logo

पदक नलिने प्रधानमन्त्री पुत्र प्रकाशको घोषणा

पदक नलिने प्रधानमन्त्री पुत्र प्रकाशको घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रकाश दाहालले गणतन्त्र दिवशको अवसरमा प्रदान गरिने पदक नलिने घोषणा गरेका छन् । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशलाई गणतन्त्र दिवशको अवसमा सुप्रबल जनसेवाश्री मानपदवीबाट सम्मानित गर्न सुची प्रकाशित गरेपनि उनले नलिने घोषणा गरेका हुन् ।

प्रकाशलाई पदक दिन लागिएको सम्बन्धमा सामाजिक संजालमा चर्को विरोध भएपछि उनले नलिने घोषणा गरेका हुन् ।

‘गणतन्त्रका निम्ति त्याग, बलिदान र जीबन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो । त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु,’ उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘यो देशका लागि अझै मैले धेरै काम गर्न जरुरी छ । सुझाव, सल्लाह र प्रतिक्रिया व्यक्त गर्नुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’

साथै समतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा आफ्नो प्रत्यक्ष भूमिका रहेको उल्लेख गरेका छन् । अझै पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित रहेको र भोलि पनि रहने उद्घोष गरेका छन् ।

उनले गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले आफुलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन् । पदकका लागि आफ्नो कुनै आकांक्षा नभएको समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL