Logo

बालुवाटारमा शीर्ष नेताहरुको बैठक, दोस्रो चरणको निर्वाचन सारिने

बालुवाटारमा शीर्ष नेताहरुको बैठक, दोस्रो चरणको निर्वाचन सारिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचन केही समयका लागि सर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष दलका नेताहरुको बैंठकले चुनाव सार्ने विषयमा सहमति जनाएको बैंठकमा सहभागी एक नेताले बताए ।

यस अघि दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्ने भनिएपनि चुनावमा मधेशी दललाई पनि सहभागी गराउनका लागि केही समयका लागि सार्न लाएिको ती नेताले जानकारी दिए । जस अनुसार दोस्रो चरणको निर्वाचन १० दिन सार्न लागिएको हो ।

बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा) तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहभागिता रहेको थियो । जसमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राजपाका संयोजक महन्थ ठाकुर, तथा राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत नेताहरुको सहभागी थियो ।

राजपाले दोस्रो चरणको निर्वाचनमा भाग नलिने बताउँदै आएको थिए । तर जसरी पनि दोस्रो चरणको निर्वाचन गराउने भएपछि मधेशी दलको आग्रहमा केही समय थप गर्न लागिएको उक्त नेताले जानकारी दिए ।

आज भएको बैठकमा चुनावको मिति सार्ने देखि, दल दर्ता र चुनाव चिन्ह दिने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL