Logo

कति बढ्ला कर्मचारीको तलब ?

कति बढ्ला कर्मचारीको तलब ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कर्मचारीले आगामी आर्थिक बर्षको बजेटमा तलब बृद्धि गर्न दबाब दिएसँगै तलबको विषयले चर्चा पाएको छ ।

बिशेषगरी नेपाली कांग्रेस निकट निजामति कर्मचारी संघले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई तलब बृद्धि सम्बन्धमा ज्ञापन पत्र नै बुझाएका छन् । उनीहरुले पारिवारीक सर्वेक्षणलाई आधार मानेर तलब बृद्धि गर्न दबाव दिएका छन् ।

कर्मचारीले माग राखेपनि अर्थ मन्त्री महराले भने तलब बढ्ने वा नबढ्ने भन्ने विषयमा कुनै प्रतिक्रिया नदिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । विशेष गरी प्रत्येक २ वर्षमा कर्मचारीको तलब बृद्धि गर्ने चलन छ । तर, अघिल्लो सरकारले चालू आबको बजेटमै २५ प्रतिशत तलब बृद्धि गरेकाले यस पटक के गर्ने भन्ने समस्या रहेको छ ।

निर्वाचन आयोगले दुई ओटा निर्वाचनको बीचमा ल्याउन लागेको बजेटमा नयाँ नीति तथा कार्यक्रम नल्याउन निर्देशन दिएको र प्रमुख प्रतिपक्ष दलसँग पनि नयाँ कार्यक्रम थप नगरी बजेटमा पुरानै विषयलाई निरन्तरता दिने सहमति भएकाले तलब बढ्न वा नबढ्ने भन्ने बिषमा कुनै टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL