Logo

भुकम्प पीडितलाई घर बनाउँदा नक्सा पासमा ५० प्रतिशत छुट

भुकम्प पीडितलाई घर बनाउँदा नक्सा पासमा ५० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

नुवाकोट । विदुर नगरपालिकाले भूकम्प पिडितलाई घर बनाउदा नक्सापासमा लाग्ने राजस्वमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । नगरको मेयरमा निर्वाचित भएसँगै सञ्जु पण्डितले पहिलो निर्णय नै भुकम्प पिडितको नक्सापासमा छुटको व्यवस्था गरिएको बताए ।

पदबहालीसँगै कार्यपालिकाको पहिलो बैठकले वैशाख १२ को भूकम्पले आवास गुमाएर नयाँ घर निर्माण गर्नुपर्ने प्रभावितलाई नक्सापासमा अहिले लिँदै आएको शुल्कमा आधा छुट दिएर पीडितलाई राहतको अनुभूति दिन खोजिएकोविदुर नगरपालिकका मेयर सञ्जु पण्डितले जानकारी दिए । ‘लाभग्राही सूचीमा नाम भएका पीडितले नयाँ आवास निर्माणका लागि यसअघि नगरपालिकामा तिर्दै आएको राजस्वलाई तत्कालै कार्यान्वयन हुनेगरी आधा रकम छुटको निर्णय गरी जनतालाई राहतको महसुस गराउन सुरु गरिएको छ,’ उनले भने ।

उनका अनुसार ५० प्रतिशत छुटको व्यवस्थाले एक जना पीडितलार्ई १५ हजार रुपैयाँसम्म राहत मिल्ने छ । हाल नगरपालिकाले नक्सापास गर्दा पक्की घरको प्रतिवर्गफिट ७ हजार रुपैयाँ र अस्थायी आवासको ४ हजार रुपैयाँ राजस्व लिँदै आएको छ ।

साथै पहिलो बैंठकबाट नगरपालिकामा रहेका १३ वडाको वडा कार्यालय स्थापना गरी सहजरुपमा सेवा प्रवाह गर्न एक/एक लाख रुपैयाँ बजेट निकासा गरी वडाअध्यक्षहरुलाई जिम्मेवारी दिइएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL