Logo

विश्व बैंकले भन्यो, उच्च आर्थिक बृद्धिको लागि नीतिगत सुधार आवश्यक

विश्व बैंकले भन्यो, उच्च आर्थिक बृद्धिको लागि नीतिगत सुधार आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्व बैंकले नेपालमा उच्च अंकको आर्थिक बृद्धिको लागि नीतिगत सुधार आवश्यक भएको बताएको छ । नेपाललाई सहयोग गर्दै आएको बहुपक्षिय दातृ निकाय विश्व बैंकले आर्थिक बृद्धि हासिल गर्न नीतिगत सुधार गर्न सुझाव दिएको छ । विश्व बैंकका बरिष्ठ अर्थशास्त्री ड्यामिर कोसिकले एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त सुझाव दिएका हुन् ।

यसैगरी सार्वजनिक क्षेत्रमा भएको न्यून लगानीसँगै विश्व बैंकले सार्वजनिक यातायात, टेलिकम क्षेत्रमा लगात घटाउनुपर्ने बताएको छ भने नयाँ लगानीको लागि नयाँ क्षेत्र पहिचान गर्नुपर्ने सुझाव दिएको छ । आर्थिक बृद्धिदरको लागि सार्वजनिक क्षेत्रमा लगानी बढाउनुका साथै कृषि क्षेत्रको सुधार तथा जनतामा लगानी गर्नुपर्ने बताएको छ ।

नेपालमा गरीबी न्युनिकरणमा रेमिट्यान्सको मुख्य भुमिका रहेको विश्व बैंकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL