Logo

आइएमएसको २५औं वार्षिकोत्सव, मलहोत्रा भन्छन्, निरन्तर प्रयास र प्रतिवद्धताबाट माइलस्टोन प्राप्त

आइएमएसको २५औं वार्षिकोत्सव, मलहोत्रा भन्छन्, निरन्तर प्रयास र प्रतिवद्धताबाट माइलस्टोन प्राप्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । इएमएस ग्रुपले आफ्नो २५औं वार्षिकोत्सवको उत्सव मनाएको छ । नेपालका लागि सामसङ स्मार्टफोन तथा कोरियन लक्जरी ब्राण्ड साङयङ मोटर्स्का आधिकारिक वितरक आइएमएसले वार्षिकोत्सवका साथै आइएमएस दिवसको समेत आयोजना गरेको हो ।

२५ औं बसन्तसम्म आईपुग्दा कम्नपीले माइलस्टोन प्राप्त गर्न सफल भएको र यसमा आफुहरुको निरन्तर प्रयास, प्रतिबद्धता तथा टिमवर्कको धेरै महत्वपूर्ण योगदान रहेको कम्पनीका चेयरम्यान दिपक मल्होत्राले बताए । ‘म सम्पूर्ण आइएमएस परिवारलाई यस उपलब्धिका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘हामी विगत २५ वर्ष देखि सबैको क्षमता विकास गराउने र हाम्रा ग्राहकहरुलाई सेवाहरु प्रदान गर्नमा प्रतिबद्ध रहँदै आएका छौं ।’ यस सफलतालाई निरन्तरता दिँदै आउने वर्षहरुमा पनि थप नवीनता, अभिवृद्धि तथा उपलब्धीहरु प्राप्त गर्दै जान प्रेरित गरेको समेत उनले जानकारी दिए ।

deepak_malhotra

आइएमएस ग्रुप विगत २४ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ जुन कम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल १२ वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित रहेको कम्पनीको दावी छ ।

कार्यक्रममा आईएमएसका चेयरम्यान दिपक मल्होत्रा, कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा तथा केही अन्य अतिथिहरु लगायत कम्पनीका ३ सय ५० भन्दा बढि कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा कम्पनीले सबै कर्मचारीहरुलाई सौगातस्वरुप चाँदीको सिक्का समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL