Logo

आर्थिक पत्रकारलाई साढे ७ लाखसम्म बीमा निःशुल्क, सेजन र नेपाल लाइफबीच सम्झौता

आर्थिक पत्रकारलाई साढे ७ लाखसम्म बीमा निःशुल्क, सेजन र नेपाल लाइफबीच सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक पत्रकारहरुलाई निःशुल्क बीमा सुविधा उपलब्ध गराउने विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । कम्नपीको १७औं बार्षिकोत्सबका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्र्तगत सेजनमा आवद्ध २ सय ५४ जना आर्थिक पत्रकारहरुलाई जनही २ लाख ५० हजार लाख बीमांङ्क रहेको ‘स्मार्ट जीवन बीमा’ निःशुल्क प्रदान गरेको छ । उक्त बीमालेखमा २ लाख ५० हजार बराबरको दुर्घटना बीमा तथा २ लाख ५० हजार रुपैयाँ बराबरको पूर्ण अशक्तता बीमाको थप सुविधा सहित जनहि ७ लाख ५० हजार रुपैयाँ बीमांङ्क बराबर १ बर्षका लागि उपलब्ध गराने भएको छ ।

कम्पनीको १७औं बार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको जीवन बीमा सेजनका अध्यक्ष गोकर्ण अवस्थीमार्फत प्रदान गरिएको थियो ।

बीमा जागरणको सामाजिक उत्तरदायित्व समेत कम्पनीको रहकोले जीवन बीमा मार्फत सामाजिक सुरक्षाको सकारात्मक सन्देश प्रदान गर्न यस प्रयासले सघाऊ पुर्याउने कम्पनीको बिश्वास छ ।

“स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नारा रहेको स्मार्ट जीवन बीमा योजनाले योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक १० रुपैयाँमा १० लाख रुपैयाँ बरावरको जीवन बीमा गराउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL