Logo

दुई दशकपछिकै धेरै आर्थिक वृद्धिदर, विभागले गर्यो ७ प्रतिशतको प्रक्षेपण

दुई दशकपछिकै धेरै आर्थिक वृद्धिदर, विभागले गर्यो ७ प्रतिशतको प्रक्षेपण


बिजखबर संवाददाता
0
Shares

केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक बर्षमा करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवमा वृद्धिदर ६.९४ प्रतिशत हुने अनुमान गरेको हो । विभागले प्रक्षेपण गरेको वृद्धिदर दुई दशकयताकै सबैभन्दा धेरै हो । यसअघि सन् १९९३ मा आर्थिक वृद्धिदर ८.४ प्रतिशत थियो ।

आर्थिक वृद्धिदरमा खासगरी उर्जा सङ्कटको समस्या समाधान, पुर्ननिर्माणको तीव्रता र कृषि उत्पादनमा भएको वृद्धिलाई मुख्य कारण देखाइएको छ ।

विभागले चालु आवमा कुल गार्हस्थ्य उत्पादन २२ खर्ब ९३ अर्ब र प्रति व्यक्ति आम्दानी ९० हजार ५ सय २१ पुग्ने प्रक्षेपण गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL