Logo

सिलवालको मुद्दामा सर्वोच्चको अन्तरिम आदेश, ‘कारवाही अघि नबढाउ ’

सिलवालको मुद्दामा सर्वोच्चको अन्तरिम आदेश, ‘कारवाही अघि नबढाउ ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालमाथि छानविनलगायतका कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजवहावदुर केसीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म कुनै कारवाही अघि नबढाउन भनेको छ । आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासले सुुनुवाई हुँदैछ ।

त्यसअघि सिलवालमाथि सरकारले कुनै कारवाही चलाउन नपाउने भएको छ । सरकारी कागज किर्ते गरेको अभियोगमा डीआईजी सिलवालमाथि सरकारले छानविन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL