Logo

गार्जियनको घुम्नैपर्ने देशको पहिलो स्थानमा नेपाल, ‘युरोपभन्दा नेपालको ‘भ्यालू’ बढी

गार्जियनको घुम्नैपर्ने देशको पहिलो स्थानमा नेपाल, ‘युरोपभन्दा नेपालको ‘भ्यालू’ बढी


बिजखबर संवाददाता
0
Shares

बेलायतको प्रसिद्ध पत्रिका दी गार्जियनले विश्वभर घुम्नुपर्ने उत्कृष्ट दश देशको सुचीमा नेपाललाई पहिलो स्थानमा राखेको छ । गार्जियनले समर सिजनका लागि घुम्न उत्कृष्ट गन्तव्य देशको सुझावमा नेपालसहित अन्य नौं देशलाई समावेश गरेको छ ।
माओवादी युद्ध, राजतन्त्रको अन्त्य र शक्तिशाली भूकम्पपछि नेपाल अहिले राम्रो अवस्थामा रहेको भन्दै गार्जियनले नेपाललाई सुचीमा विशेष प्राथमिकता दिएको छ । पर्यटकहरुले नेपाल भ्रमणका क्रममा सकारात्मक आशा प्राप्त गरिरहेको पनि गार्जियनले उल्लेख गरेको छ ।

 

‘लोकतन्त्र उचाइमा चढ्दैछ’ योर्क विश्वविद्यालयका डा.क्लेयर स्मिथको भनाइलाई गार्जियनले उद्धृत गरेको छ ‘नेपाल भ्रमण निकै उत्साहजनक र प्रेरणादायी छ अनि यहाँको खाना त झन् स्वादिष्ट’ । हिमालसहित वन्यजन्तु, मन्दिरहरु, ऐतिहासिक सहर र रङ्गिन संस्कृतिसहित नेपालसँग पर्यटकलाई उपहार धेरै कुरा रहेको पनि गार्जियनले जनाएको छ ।

nepal 3

 

साइकल होलिडेका विज्ञ क्याथेराइन सियररको भनाइ उल्लेख गर्दै गार्जियन लेख्छ ‘ पाउण्डका लागि पाउण्ड, तर नेपाल युरोपभन्दा धेरै महत्व भएको देश हो’ ।

गार्जियनले नेपालपछि दोस्रो स्थानमा दक्षिण अफ्रिकालाई राखेको छ ।

त्यस्तै अल्बानिया, बुल्गेरिया, कोलम्बिया, इरान, नामिबिया, मलेसिया, केन्या र सर्बिया सुचीको क्रमशः तेस्रोदेखि दशौं स्थानमा छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL