Logo

पुनर्निर्माण प्राधिकरणले ‘प्रोजेक्ट’ दिन नसकेपछि दाताको रकम रोकियो, कहिले भित्रन्छ सवा खर्ब

पुनर्निर्माण प्राधिकरणले ‘प्रोजेक्ट’ दिन नसकेपछि दाताको रकम रोकियो, कहिले भित्रन्छ सवा खर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पुनर्निर्माण प्राधिकरणले समयमै योजना दिन नसक्दा दाताको रकम त्यतिकै रोकिएको छ । भुकम्प पछिल्लो पुनर्निर्माणका लागि दाताहरुले सवा ४ खर्ब रुपैयाँ सहयोगको प्रतिवद्धता गरेपनि सोही अनुरुप खर्च गर्न पुनर्निर्माण प्राधिकरणले आयोजनाहरु दिन नसकेपछि रकम भित्र्याउनका लागि सम्झौता समेत हुन नसकेको अर्थ सचिव डा. शान्ताराज सुवेदीले जानकारी दिए ।

सरकारले भुकम्प पछि गरेको दाता सम्मेलनमार्फत ४ खर्ब २० अर्ब रुपैयाँ बरावरको सहयोगको प्रतिवद्धता आएपनि प्रोजेक्ट अभावकै कारण सवा खर्ब रुपैयाँ भन्दा बढी रकमको सम्झौता समेत हुन सकेको छैन । दाता सम्मेलनमार्फत सहयोग प्रतिवद्धता आएको २ वर्ष वितिसक्दा पनि आयोजना अभावकै कारण रकम भित्र्याउन सकिएको छैन ।

‘दाता सम्मेलन मार्फत भएको प्रतिवद्धतामध्ये हालसम्म २ खर्ब ७१ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ,’ विकास सहायता प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले भने, ‘प्राधिकरण र अन्य सम्बन्धित मन्त्रालयले योजना छनौट गर्न नसकेका कारण अन्य रकमको वारेमा दाताहरुले सम्झौता गर्न मानिरहेका छैनन् ।’ सहयोग प्रतिवद्धता ल्याउदा नै दाताहरुसँग प्रोजेक्ट वेसमा ल्याउने भनेका अहिले सम्झौता गर्न कठिनाइ भएको उनको तर्क थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL