Logo

पर्यटक भिसामा खाडी मुलुक जान रोक, मानवतस्करीको आशङ्का

पर्यटक भिसामा खाडी मुलुक जान रोक, मानवतस्करीको आशङ्का


बिजखबर संवाददाता
0
Shares

गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ । मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो ।

Nepali-passport
खाडी मुलुकमा नेपाली कामदारको अवस्था बुझेर फर्किएको संसदीय समितिले अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थल अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलोमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको हो ।

अध्यागमन विभागले भिजिट भिसामा खाडी मुलुक जान महिलालाई थप कडाइ गरेको छ । यो खबर आजको अन्नपूर्ण पोष्टबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL