Logo

विद्युत आयात १ अर्बले बढ्ने, कुनै पनि समय लोड सेडिङ नहुने

विद्युत आयात १ अर्बले बढ्ने, कुनै पनि समय लोड सेडिङ नहुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो वर्ष विद्युत आयात १ अर्ब रुपैयाँले बढ्ने जानकारी दिएको छ । चालू आर्थिक वर्षको हालसम्म ९ अर्ब रुपैयाँको बिजुली आयात भएको र अब बाँकी समयसम्म कुल १५ अर्ब रुपैयाँ बरावरको विद्युत आयात हुने प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बताए । ‘हामीले गत वर्षका तुलनामा तुलनात्मका रुपमा आयात घटाएका छौं,’ उनले भने, ‘तर, अघिल्लो वर्षको १२ घण्टाको लोडसेडिङलाई सुन्यमा झारेका छौं ।’

प्राधिकरणले गत आर्थिक वर्षमा भारतबाट कुल १४ अर्ब रुपैयाँको बिजुली आयात गरेको थियो । गत आबको तुलनामा कुल आयात २ सय मेगावाट बढेपनि मूल्यमा तुलनामा गर्दा अघि ५ प्रतिशतले गिरावट आएको समेत उनले जानकारी दिए । पछिल्लो समय केही बिजुली सस्तोमा खरिद गरेकाले पनि मूल्यमा कमि आएको उनको तर्क थियो ।

प्राधिकरले गत आबका १ हजार ७ सय ३० मेगावाट बिजुली खरिद गरेको थियो । तर, चालू आवमा यस्तो खरिद बढेर १ हजार ९ सय ७२ मेगावाट पुग्ने समेत उनले जानकारी दिए । तर, पछिल्लो समय मौसमले गर्दा अझ त्यति पनि खरिद गर्न नपर्ने समेत उनकोतर्क थियो ।

घिसिङका अनुसार नेपालमा खपत हुने कुल बिजुलीमा आयातित विजुलीको हिस्सा घटेको छ । ‘गत बर्ष कुल खपतको ३५ प्रतिशत आयात हुन्थ्यो भने चालू आवमा ३३ प्रतिशतमात्र आयात भइरहेको छ,’ उनले भने, ‘पछिल्लो समय नेपाली उत्पादनहरु प्रशारण लाइनमा जोडिने क्रम बढेसँगै आयातको हिस्सा घटेको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL