Logo

आर्थिक बृद्धिदर ५.६ प्रतिशत रहने एडीबीको प्रक्षेपण, मूल्य बृद्धि ६ प्रतिशतमा सिमित

आर्थिक बृद्धिदर ५.६ प्रतिशत रहने एडीबीको प्रक्षेपण, मूल्य बृद्धि ६ प्रतिशतमा सिमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एशियाली विकास बैंकले नेपालको आर्थिक बृद्धिदर ५ दशमलव ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मनसुनका राम्रो भएका कारण कृषि उत्पादनमा बृद्धि, पूर्वाधार विकासले गति लिने तथा चुनावी माहोलले गर्दा सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर बढ्ेन एडीबीको दावी छ ।

एडीबीका अनुसार सो अवधिमा मूल्य बृद्धिदर भने ६ प्रतिशतमा खुम्चिने भएको छ । गत आवको नेपालको मूल्य बृद्धिदर ९ दशमलव ९ प्रतिशत रहेकोमा सन् २०१७ मा घट्न बताएको छ । राष्ट्र बैंकको तथ्याङक अनुसार अहिले मूल्य बृद्धि कम रहेपनि कुल ग्राह्स्थ्य उत्पादनको बृद्धिदर ५ दशमलव ६ प्रतिशत पुग्दा मूल्य बृद्धि पनि सोही अनुरुप बढ्ने एडीबीले उल्लेख गरेको छ ।

नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेका कारण चालू खाता सन्तुलन भने ऋणात्मक हुने जानकारी दिएको छ । सन् २०१६ मा चालू खाता सन्तुलन ६ दशमलव २ प्रतिशत धनात्मक रहेकोमा सन् २०१७ मा आईपुग्दा १ दशमलव ६ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको छ ।

एडीवीले नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको अवस्था एकदमै दयनीय रहेको र आगामी दिनमा त्यसलाई बृद्धि गर्न ऐन नियममा उल्लेख्य सुधार गर्नुपर्ने बताएको छ । बैदेशिक लगानीलाई अझ सहज बनाउन संस्थागत कार्यदेशमा रहेका दोहोरोपनालाई हटाउनु पर्ने बताएको छ । वैदेशिक लगानीलाई स्वीकृति दिने प्रक्रिया, भिसा र आम्दानी फिर्ता लैजाने प्रक्रिया सहज हुनुपर्ने उसको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL