Logo

लक्ष्य अनुसार काम सक्न मन्त्री गौचनको निर्देशन, दीर्घकालिन महत्वका कार्यक्रमलाई बजेट समस्या नहुने

लक्ष्य अनुसार काम सक्न मन्त्री गौचनको निर्देशन, दीर्घकालिन महत्वका कार्यक्रमलाई बजेट समस्या नहुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचनले सूचकमा आधारित निर्धारित लक्ष्य अनुसार कार्य सम्पन्न गरी समग्र भौतिक तथा वित्तीय प्रगति हासिल गर्न निर्देशन दिएका छन् । आइतवार वाणिज्य मन्त्रालय र मातहत निकायहरुका विकास कार्यक्रम तथा आयोजनाहरुको आर्थिक बर्ष २०७३/७४ को दोश्रो चौमासिकको प्रगति समीक्षा एवं मन्त्रालय स्तर विकास समस्या समाधान समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री गौचनले वाणिज्य क्षेत्रको विकासका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको हुँदा आगामी आर्थिक बर्षको बजेट तयार गर्दा देशको समग्र हितलाई ध्यानमा राखि दीर्घकालिन महत्वका कार्यक्रम तय गर्न निर्देश गरे ।

कार्यक्रममा राष्ट्रिय योजना अयोगका सदस्य स्वर्णिम वाग्लेले योजनाको सफलता तर्जुमा चरणवाटै शुरु हुने बताए । साथै हाल सरकारको आगामी आबको बजेट तर्जुमाको समय भएको हुदा वाणिज्य मन्त्रालयले समेत दीर्घकालिन महत्वका एव कार्यान्वयन योग्य कार्यक्रम तय गरेमा वजेटको समस्या नहुने जानकारी दिए ।

मन्त्रालयका सचिव ङईन्द्र प्रसाद उपाध्यायले मन्त्रालयको प्रगति समग्रमा सुधारउन्मुख नै रहेको भएतापनि कार्यान्वयनमा थप सुधार ल्याउनु पर्ने वताए ।

साथै आगामी वर्षको योजना तर्जुमा चरणमा सम्बन्धित निकाय एव मन्त्रालयको योजना शाखालाई परिणाममुखि एव कार्यान्वयन योग्य कार्यक्रम तय गर्न निर्देशन दिए । बैठकमा चौमासिक अवधिमा भएका प्रगति विवरण र उपलब्धी, सम्पादन हुन नसकेका कार्यक्रमलगायतबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL