Logo

नर्कोसीको प्रेश काउन्सिलसँग अनलाईन क्लिपिङमा सहकार्य, नेपाली भाषाको ६० हजार भिडियो

नर्कोसीको प्रेश काउन्सिलसँग अनलाईन क्लिपिङमा सहकार्य, नेपाली भाषाको ६० हजार भिडियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुनेशा इन्टरनेसनलद्वारा सञ्चालित नर्कोसी डटकमले आफ्नो स्थापनाको  दोश्रो बर्ष प्रवेशको अवसरमा आफ्नो पछिल्लो उत्पादन सार्वजनिक गरेको छ । बुनेशा अस्ट्रेलियामा स्थापित सूचना प्रविधिमा खोज तथा उत्पादन गर्ने संस्था हो । सो अन्तर्गतको नार्कोसीले नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रवर्द्धन गर्न यस वर्षदेखि नेपालको प्रेस काउन्सिलसँग अनलाइन क्लिपिङका लागि सहकार्य सुरु गरेको छ । साथै हालै नेपाली भाषाका श्रव्यदृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रविधि तयार गरेको बुनेशा इन्टरनेसनलका सीईओ खेम शर्माले जानकारी दिए ।

नार्कोसी डटकममा यसअघि नै नेपाली भाषाका रेडियोहरु समेत सुन्न सकिने व्यवस्था भइसकेको छ । विश्वभरमा अहिले करिव १ करोड नेपाली भाषीहरु इन्टरनेटको पहुँचमा भएको अनुमान छ । नार्कोसीको पहल ती १ करोड इन्टरनेट प्रयोगकर्ता नेपाली भाषीलाई नेपाली भाषाका भिडियो सामग्रीहरु सजिलै उपलब्ध गराउने प्रयास थालेको हो ।

नार्कोसी डटकमले आफ्ना उपभोक्ताहरुको सेवाका लागि युट्युबमा अपलोड भएका कुनै पनि भिडियोलाई १० मिनेटभन्दा कम समयमै उपलब्ध गराउँदछ । नार्कोसी डटकमको संग्रहमा हालसम्म ६० हजारभन्दा बढी नेपाली भाषाका भिडियोहरु संकलन भइसकेका छन् ।

नार्कोसी डटकमले नेपाली भाषाका युट्युब चानलहरुले प्रशारण गर्ने कार्यक्रमहरु विषयगत रुपमा प्रस्तुत गरेकाले दर्शक–श्रोताको समय बच्नुका साथै आफ्नो रुचिअनुशारका कार्यक्रम छान्न सकिने सीईओ  शर्माले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL