Logo

प्रतिव्यक्ति ४५०० सय भारु साटिने भारतीय प्रस्ताव, राष्ट्र बैंक भन्छ, टुङ्गो लागेको छैन

प्रतिव्यक्ति ४५०० सय भारु साटिने भारतीय प्रस्ताव, राष्ट्र बैंक भन्छ, टुङ्गो लागेको छैन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रतिवन्धित भारतीय रुपैयाँ सटहीको सम्बन्धमा छलफल गर्न आएको भारतीय टोलीले नेपाली नागरिकको ४ हजार ५ सय भारुसम्म साट्न सकिने प्रस्ताव गरेका छन् । भारतीय रिजर्व बैंकका कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा आएको वार्ता टोलीले उक्त प्रस्ताव गरेको हो ।

भारतले भारु सटही सम्बन्धमा उक्त प्रस्ताव राखेको र सो विषयमा अझै टुङ्गो नलागेको नेपाल राष्ट्र बैंकको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । ‘भारतीय टोलीले प्रस्ताव मात्र राखेका हुन् तर सो विषयमा आधिकारीक धारणा आएको छैन,’ उनले भने, ‘तर नेपालले भने कानुन सम्बत प्रति व्यक्ति २५ हजार रुपैयाँ सम्म साटही गर्नुपर्ने आफ्नो अडान दोहोर्याउँदै आएको छ ।’

भारु सटहीको सम्बन्धमा हिजो नेपाल आएको टोलीले आज विहानदेखि छलफल शुरु गरेको हो । छलफलमा नेपाली प्रतिनिधि मण्डलबाट डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेतृत्व गरिरहेका छन् ।
कसरी र कति साटिने भन्ने विषयमा अलिहे एक तहमा टुङ्गो लागेपनि सो सम्बन्धमा भारत सरकारले नै सुचना जारी गर्नुपर्ने हुन्छ । तर, भारु सटहीको समन्बन्धमा यो नै अन्तिम छलफल भएको पण्डितले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु रहेको बताउँदै आएको थियो । तर, अहिले सो रकम बढेर ७ करोड ८५ लाख रुपैयाँ पुगेको जानकारी दिएको छ । सर्ब साधारणलाई यस अघि राष्ट्र बैंकले तयार पारेको डिक्लेरेशन फारमको आधारमा भारु सटही सुविधा प्रदान गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL