Logo

एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरीमा विशेष छुट, योजना चैत मसान्तसम्म मात्र

एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरीमा विशेष छुट, योजना चैत मसान्तसम्म मात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चन्द्रगिरी हिल्सले एसइई दिएका परीक्षार्थीलाई केबलबारमा विशेष छुट योजना ल्याएको छ । शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीका लागि ३ सय रुपैयाँमै केबलकार चढ्न पाउने भएका छन् । तर यस्तो चैत मसान्तसम्म मात्र लागू हुने छ ।

चन्द्रगिरी हिल्का अनुसार यस्तो सुविधा लिनका लािग परीक्षार्थीले प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिएर आउनुपर्ने हुन्छ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र पाइने छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेकोछ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL