Logo

१३ प्रतिशत व्याजमै जेसीबी मेसिन, निर्माण र हेभि इक्विमेन्ट व्यवसायी लाभान्वित

१३ प्रतिशत व्याजमै जेसीबी मेसिन, निर्माण र हेभि इक्विमेन्ट व्यवसायी लाभान्वित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि जेसीबी हेभी इक्विपमेन्ट तथा कन्स्ट्रक्सन मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिन खरिदमा सरल फाइनान्स सुविधा ल्याएको छ । नयाँ योजना अनुसार अब जेसीबी ब्रान्डका कुनै पनि मेसिनहरु न्युनतम १२ दशमलब ९ प्रतिशत ब्याजदरमा किन्ने सकिनेछ ।

देश विकास र पूर्वाधार निर्माण जस्तो निकै महत्वपूर्ण कार्यमा प्रयोग हुने हेभि इक्विपमेन्ट मेसिनहरुको बैंक फाइनान्सिङमा समस्या आइरहेको अवस्थालाई मध्यनजर गर्दै एमएडब्लु अर्थमुभर्सले अभुतपूर्व फाइनान्स सुविधा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

अब जेसीबी मेसिन किन्न चाहने ग्राहकले न्युनतम १२ दशमलब ९ प्रतिशतदेखि अधिकतम १६ प्रतिशत ब्याजदरमा जेसीबीका मेसिन पाउन सक्नेछन् । ‘हाम्रा मेसिनहरु सडक, राजमार्ग, जलविद्युत, विमानस्थल लगायत महत्वपूर्ण निर्माण कार्यमा प्रयोग हुन्छन्’ एमएडब्लु अर्थमुभर्सका बजार प्रबन्धक सञ्जीव देउजाले भने ‘अहिले देशमा तरलता संकट देखिएको छ र यसले विकास निर्माणको काममा कुनै बाधा नपु¥याओस् भन्ने उद्देश्यले हामीले सरल फाइनान्सको सुविधा ल्याएका हौं, ।’

योजनामा हामीले बैंकहरुले उपलब्ध गराउने ब्याजदर भन्दा पनि कम ब्याज दरमा मेसिनहरु उपलब्ध गराएको उनले जानकारी दिए । सुविधाबाट निर्माण व्यवसायी र हेभि इक्विमेन्ट व्यवसायी लाभान्वित हुनुका साथै तरलता संकटका कारण रोकिएको निर्माण कार्य सुचारु हुने अपेक्षा एमएडब्लु अर्थमुभर्सले गरेको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL