Logo

नेपाली पासपोर्टको रङ् किन हरियो?, यस्तो छ पासपोर्टको ‘कलर’ कथा

नेपाली पासपोर्टको रङ् किन हरियो?, यस्तो छ पासपोर्टको ‘कलर’ कथा


बिजखबर संवाददाता
0
Shares

नेपालमा सर्वसाधारण नागरिकका लागि जारी गरिने पासपोर्टमा हरियो रङ प्रयोग गएिको छ । मेसिन रिडेबल पासपोर्ट(एमआरपी) जारी गर्नु अघि पनि यसको रङ हरियो नै थियो । नेपाल मात्र हैन विश्वभर प्रयोग गरिने पासपोर्टको रङ् केहि सिमित मात्र हुन्छ ।

nepali passpor

अहिले विश्वभर हरियोसहित रातो, निलो र कालो पासपोर्टको प्रयोग हुने गर्छ । सेतो रङ्को पासपोर्ट प्रयोग हुने क्यानडा भने अपवाद हो , पासपोर्टमा प्रयोग गरिने रङ्को अर्थ यस्तो छ

निलो पासपोर्ट

आफूलाई नयाँ विश्व ठान्ने उत्तर अमेरिका, दक्षिण अमेरिका र अष्ट्रेलियामा निलो पासपोर्टको प्रयोग गरिएको छ ।

अन्य विश्वभन्दा आफूलाई विकसित देखाउन सोंचसहित यस्ता देशमा निलो रङ्को पासपोर्ट हाबी छ ।

रातो पासपोर्ट

नेपालमा रातो पासपोर्ट भन्नासाथ राजनीतिक दलका नेता, उच्च पदस्थ व्यक्ति तथा सांसदहरुले प्रयोग गर्ने पासपोर्ट भनेर बुझिन्छ । तर कम्युनिष्ट सिद्धान्तमा आधारीत देशहरुले रातो पापसोर्ट प्रयोग गर्छन् ।

रातोलाई साम्यवादको प्रतिकको रुपमा त्यस्ता देशमा रातो पासपोर्ट प्रचलनमा ल्याइएको छ , चीन, लाट्भिया जस्ता देश यसको उदाहरण हो ।
हरियो पासपोर्ट
तुलनात्मक रुपमा कम विकसित देशहरुमा हरियो पासपोर्टको प्रयोग गरिएको छ । पश्चिम अफ्रिकाका अधिकांश देशहरु जस्तै नाइजेरिया, नाइजर, सेनेगल जस्ता देशमा हरियो पासपोर्ट प्रचलनमा छ ।

यसबाहेक धर्मले पनि पासपोर्टको रङ् छनोटमा फरक पार्ने अध्ययनहरुले देखाएका छन् । अधिकांश मुस्लिम बाहुल्यता भएका देशमा हरियो रङको पासपोर्ट प्रयोगमा ल्याइएको छ ।

कालो पासपोर्ट
कालो रङको पासपोर्ट निकै कम मात्र प्रयोग हुने गर्छ । न्युजिल्याण्ड, जाम्बिया, एङ्गोला जस्ता देशमा कालो रङ्को पासपोर्ट अझै प्रयोगमा छ ।

वास्तवमा धेरै देशहरुले प्राथमिक रङ्का रुपमा चिनिने रातो, हरियो र निलो रङको संयोजनबाट आफ्नो देशको पासपोर्टको रङ छनोट गर्छन् । अमेरिकाले चारै रङ्का पासपोर्ट प्रयोगमा ल्याउने अभ्यास कुनै समय गरेको थियो ।

स्रोत : एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL