Logo

मञ्जुश्री फाइनान्सको सेवा विस्तार, इटहरी र विराटनगरमा खुल्यो शाखा

मञ्जुश्री फाइनान्सको सेवा विस्तार, इटहरी र विराटनगरमा खुल्यो शाखा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मञ्जुश्री फाईनान्सले थप दुई शाखा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा इटहरी स्थित धरान रोड र बिराटनगरको महेन्द्रचोकमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्ता शाखाको मञ्जुश्री सञ्चालक समितिका सदस्य सुमनप्रसाद अधिकारी, चिन्तामणि गौतम, श्यामकष्ण ढकाल र रबिनराज देबकोटाले संयुक्त रुपमा गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्यकार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, तथा धनगढीमा शाखा संचालनमा ल्याइसकेको छ ।

कम्पनीको २०७३ सालमाघ मसान्त सम्ममा २८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । पूँजी बृद्धि गर्ने क्रममा मञ्जुश्रीले १ बरावर १.७५ को अनुपातमा हकप्रद सेयर समेत जारी गरिसकेको छ । हालसम्म कम्पनीले ३ अर्ब ३५ करोड रुपैयँ निक्षेप संकलन गरी ३ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । फाईनान्सले विप्रेषण, एटिएमवलगायतका सेवा दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL