Logo

कुलमानलाई रामोन म्यागसेसेका लागि प्रस्ताव, फिलिपिन्सका राजकुमारीलाई दिइयो पत्र

कुलमानलाई रामोन म्यागसेसेका लागि प्रस्ताव, फिलिपिन्सका राजकुमारीलाई दिइयो पत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई रामोन म्यागसेसे पुरस्कारका लागि प्रस्ताव गरिएको छ । उनले विद्युत व्यवस्थापनमा ठूलो योगदान पुर्याएको भन्दै एक कार्यक्रमकाबीच उनको नाम पुरस्कारका लागि प्रस्ताव गरिएको हो ।

लोडसेडिङ्को समस्या खेपिरहेका बेला प्राधिकरणको कार्यकारीमा नियुक्त भएर देशलाई छोटो समयमा नै उक्त समस्यामबाट मुक्ता गराउन सकेको भन्दै सो पुरस्कार प्रदान गर्न प्रस्ताव गरिएको हो ।
सो आग्रहपत्र इनर्जी डेभलपमेण्ट काउन्सिलका अध्यक्ष सुजित आचार्यले फिलिपिन्सकी समाजसेवी राजकुमारी मारिया आमोर तोरेसलाई बिहीवार काठमाडौंमा हस्तान्तरण गरेका हुन् । हरेक वर्ष विश्वभरका उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई विभिन्न विधामा रामोन म्यागसेसे पुरस्कारद्वारा सम्मानित गर्दै आएकोमा यस वर्ष प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सो क्षेत्रमा अतुलनीय काम गरेको भन्दै पुरस्कारबाट सम्मान गर्न प्रस्तावपत्र हो ।

कार्यक्रमा पत्र ग्रहण गर्दै राजकुमारी तोरेसले आफूले सम्बन्धित ठाउँमा पत्र र्पुयाई पुरस्कारका लागि सुझाव दिने वताइन् । अघिल्लो पटक नेपाल आउँदा आफुले दैनिक १२ घण्टाको लोडसेडिङ भोग्नु परेको जानकारी दिँदै यो पटक त्यस्तो नभएको समेत उनले बताइन् ।

फिलिपिन्स इकोनोमिक जोनकी सल्लाहकारसमेत रहेकी राजकुमारी तोरेस ‘ट्राभलिङ प्रिन्सेस’का रूपमा चिनिन्छिन् । वी केयर फर ह्युमानिटी नामक संस्थाकी संस्थापकसमेत रहेकी उनी मानवीयताका लागि स्वच्छ ऊर्जाको विकासमा लागेकी छिन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL