Logo

उपप्रधान मन्त्री बन्दै सरकारमा गए राप्रपा अध्यक्ष थापा, दुई मन्त्रीको पद धरापमा

उपप्रधान मन्त्री बन्दै सरकारमा गए राप्रपा अध्यक्ष थापा, दुई मन्त्रीको पद धरापमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आफ्नो नेतृत्वमा सरकारमा सहभागी भएका छन् । थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी लिँदै सरकारमा सहभागी भएका हुन् । थापासँगै दिलनाथ गिरी पनि सरकारमा सहभागी भएका छन् ।

उनी सरकारमा गएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्का दुई जना मन्त्रीको जिम्मेवारी खोसिएको छ । थापाले स्थानीय विकास मन्त्रालयको जिम्मा लिएसँगै वाहालवाला मन्त्री हितराज पाण्डेको पद खोसिएका छ भने पर्यटन मन्त्री जिवनबहादुर शाहीको पद पनि धरापमा परेको छ । शाहीको स्थानमा गिरीलाई ल्याउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

नवनियुक्त उपप्रधान तथा स्थानी विकास मन्त्री थापा तथा मन्त्रीलाई आझै साझ ६ बजे पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL