Logo

विकासको मुद्दामा सवै राजनीतिज्ञको एउटै मत, प्रम भन्छन् ‘आर्थिक समृद्धि बिना स्थायित्व असम्भव’

विकासको मुद्दामा सवै राजनीतिज्ञको एउटै मत, प्रम भन्छन् ‘आर्थिक समृद्धि बिना स्थायित्व असम्भव’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासका सन्दर्भमा मुलुक एकमत रहेको बताए । बिहीवार नेपाल लगानी सम्मेलनको उद्घाटनका क्रममा उनले अवको लक्ष्य आर्थिक समृद्धिको भएको र त्यसका लागि सरकार तथा प्रतिपक्षसमेत मिलेर अघि बढेको जानकारी दिए ।

साथै सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको बताए । कार्यक्रमको उद्दघाटन गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकासका लागि सरकारले सवै किसिमका कदम चाल्न तयार भएको बताए । दाहालले सम्मेलन नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउन आयोजना गरिएको समेत उल्लेख गरे ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक विकासका लागि धेरै लगानीका क्षेत्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । सरकारले परियोजना बैंक बनाएर लगानीका छनौट गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उहाँले लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उदार भएकोले यसमा विश्वास राख्ने अन्तरराष्ट्रिय लगानीकर्तालाई यहाँ लगानी गर्न आग्रह गरे । साथै उनले नेपालका दुई ठूला छिमेकी मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउने समेत बताए ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकासको विषयमा आफुहरु प्रतिपक्ष दल नहुने बताए । कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले सम्मेलनबाट नेपालले लाखौं युवाका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्छ भन्ने सपना गर्ने लक्ष्य पूरा गर्नुपर्ने जानकारी दिए । जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा लागनी गरी तुलनात्मक लाभ लिन समेत आग्रह गरे । आगामी १० वर्षमा नेपाली युवा रोजगारीका लागि विदेशीने अवस्था नदिनका लागि नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने उल्लेख गर्दै त्यसका लागि नेपाल लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने बताए ।

पूर्व अर्थमन्त्री डा रामशरण महतले प्रजातन्त्रको स्थापनासँगै शिक्षा, स्वास्थ्य, समाजिक क्षेत्र, पूर्वाधार विकासमा लगानी वृद्धि हुनुकका र गरिबी निवारणका कार्यक्रमलाई अगाडि बढाइएको र त्यसले जनताको जीवनस्तर सुधार हुँदै आर्थिक गतिविधिमा सुधार आएको बताए । साथै संविधान जारीसँगै नेपालमा विश्वकै उपयुक्त लगानीका लागि उपयुक्त अवसर भएकाले यहाँका विविध क्षेत्रमा लगानी गर्न आह्वान गरे । डा महतले ऊर्जा, कृषि, पर्यटलगायतका क्षेत्रमा अपार सम्भावना रहेकाले वैदेशिक लगानीका लागि नेपाल खुला रहेको बताए ।
सम्मेलनमा एसियाली पूर्वाधार लगानी बैंक(आइआइबी)का अध्यक्ष जिन लिक्विनले विश्व व्यापिकरणलाई ध्यान दिँदै विकासलाई गति दिन र क्षेत्रीय संयोजन गर्नका लागि पूर्वाधार विकास आएको उल्लेख गरे । त्यस्तै सरकार र जनतासँग नीति अनुसार छिटो, छरितो र कष्ट इफेक्टीभरुमा लागनी गरेर अगाडि बढ्ने बताए ।

उद्योग मन्त्रालय र लगानी वोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी सम्मेलन २०१७ आजदेखि यहाँ सुरु भएको हो । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् । सम्मेलनलाई सम्बोधन गर्न भारतका अर्थमन्त्री अरुण जेट्ली आज दिउँसो नेपाल आउने कार्यक्रम छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL