Logo

महानगरपालिकाका कार्यकारी अधिकृत तामाङको सरुवा, ईश्वर पौडेल नियुक्त

महानगरपालिकाका कार्यकारी अधिकृत तामाङको सरुवा, ईश्वर पौडेल नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको संघिय मामिला तथा स्थानीय मन्त्रालयमा सरुवा भएको छ । यससँगै महानगरिपालिकाको कार्यकारी अधिकृतमा ईश्वर पौडेल कार्यकारी अधिकृत बनेका छन् ।

तामाङ्ले १८ महिना कामपाको कार्यकारी प्रमुखको रुपमा काम गरेका थिए । तामाङलाई मन्त्रालय कै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो ।

त्यस्तै कार्यकारी अधिकृत बनेर आएका पौडेल यसअघि अख्तियारमा कार्यरत थिए । तामाङ र पौडेल दुवैजनाले भोली पदवहाली गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL