Logo

ओडी लोनको सीमा ७५ लाखमा झर्यो, यस अघि दिइएको पनि असारसम्ममा घटाउनुपर्ने

ओडी लोनको सीमा ७५ लाखमा झर्यो, यस अघि दिइएको पनि असारसम्ममा घटाउनुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट लगायत रिभल्विङ प्रकृतिका व्यक्ति कर्जाको सीमा घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो कर्जाको सीमा ७५ लाख रुपैयाँमा झारेको छ । तर, यस अघि ओडी लोनको सीमा १ करोड रुपैयाँसम्म रहेको थियो । व्यक्तिगत कर्जा अन्तरगत प्रवाह गरिएको रकम अनुत्पादन क्षेत्रमा बढी भएको आशंका गर्दै राष्ट्र बैंकले त्यसलाई घटाएको हो ।

यसैगरी राष्ट्र बैंकले यस अघि प्रदान गरिएका व्यक्तिगत कर्जालाई पनि असार मसान्तसम्ममा ७५ लाख रुपैयाँमा घटाउन निर्देशन दिएको छ । यस्तो कर्जा कुल कर्जा प्रवाहको ५ प्रतिशतको हाराहारीमा रहेका अनुमान छ ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा सिभल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन भने अबका दिनमा ओडी लोनको सीमा राष्ट्र बैंकले भने अनुसार नै हुने तर यस अघि प्रवाह गरिएका कर्जा भने तत्काल घटाउन नसकिने बताउँछन् । ‘हामीले यस अघि प्रवाह गरिएका कर्जा घटाउन ग्राहकलाई आग्रह गर्ने हो,’ उनले भने, ‘तर तत्काल उठ्न सम्भव छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL