Logo

प्राविधिक ज्ञान छ ?, टेलिकम र दुरसञ्चार प्राधिकरणमा खुल्यो जागिरको अवसर

प्राविधिक ज्ञान छ ?, टेलिकम र दुरसञ्चार प्राधिकरणमा खुल्यो जागिरको अवसर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुरसञ्चार क्षेत्रको नियमन गर्ने निकाय नेपाल दुरसञ्चार प्राधिकरण र सरकारी लगानीको दुरसञ्चार कम्पनी नेपाल टेलिकमले प्राविधिक, प्रशासन र व्यवस्थापन अन्तर्गत विभिन्न पदमा जागिर गर्न चाहनेसँग आवेदन माग गरेका छन् ।

दुरसञ्चार प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ उप निर्देशकदेखि सहायक निर्देशक र प्रशासनतर्फ सहायक पदको आवेदन माग गरेको छ । विभिन्न देशमा भइराख्ने तालिमको अवसर तथा तलब भत्ता सुविधाका लागि पनि प्राधिकरण आकर्षक जागिरको क्षेत्र मानिन्छ । आफ्नो ज्ञान प्रयोग गरेर दुरसञ्चार क्षेत्रको सुधार गर्ने चाहना भएकालाई यो जागिर राम्रो छनोट हुन सक्छ ।

pradhikaran (2)

सरकारी निकाय अन्तर्गतका कम्पनीमा नेपाल टेलिकममा जागिरको चाहना धेरैमा हुने गर्छ । आकर्षक तलब सुविधासहित बोनस र सेवा पछि पनि आकर्षक सुविधा टेलिकमले कर्मचारीलाई उपलब्ध गराउँछ । टेलिकमले आइतबार प्राविधिक तथा प्रशासनतर्फ एक सय भन्दा बढी सङ्ख्यामा आवेदन माग गरेको छ । उप प्रबन्धकदेखि जुनियर टेक्नीसियनसम्म टेलिकममा आवेदन दिन सकिनेछ ।

Nepal Telecom (2)

प्रतिक्रिया दिनुहोस्
MBL