Logo

वैदेशिक रोजगारीमा जाने घट्दा रेमिट्यान्समा असर, बृद्धिदरमा १२ प्रतिशतले कमी

वैदेशिक रोजगारीमा जाने घट्दा रेमिट्यान्समा असर, बृद्धिदरमा १२ प्रतिशतले कमी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेसँगै विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १२ प्रतिशतले कमी आएको राष्ट्र बैंकद्धारा जारी प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले वृद्धि भई ३४२ अर्ब २३ करोडमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव३ प्रतिशतले वृद्धि भएको थियो ।

सो अवधिमा खुद ट्रान्सफर आय ५ दशमलव ६ प्रतिशतले वृद्धि भई ३९९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २० दशमलव ५ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपाली घटेसँगै रेमिट्यान्समा कमी आएके हो । राष्ट्र बैंकको अनुसार चालु आवको ६ महिनामा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो बर्ष सो अवधिमा यस्तो संख्या २२ दशमलव ५ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL