Logo

चालु आवमा आयात निर्यात दुवैमा बृद्धि, ६ महिनामा ३६ अर्ब २७ करोडको वस्तु बाहिरियो

चालु आवमा आयात निर्यात दुवैमा बृद्धि, ६ महिनामा ३६ अर्ब २७ करोडको वस्तु बाहिरियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ को छ महिनामा नेपालको आयात निर्यातमा बृद्धि भएको छ । सो खवधिमा नेपालबाट रु. ३६ अर्ब २७ करोड बराबरको निर्यात भएको छ । जुन अघिल्लो बर्षको सो अवधिको भन्दा १४ दशमलव ८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २७ दशमलव २ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा भारततर्फ १७ दशमलव १ प्रतिशत, चीनतर्फ ५४ दशमलव ८ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  जसमध्ये वस्तुगत आधारमा जुस, पिना, रोजिन, जिआई पाईपलगायत वस्तुको निर्यात बढेको छ । यता अलँची, पोलिष्टर यार्न, ऊनी गलैंचा, तरकारीलगायत वस्तुहरुको निर्यात घटेको छ ।

त्यसैगरी समीक्षा अवधिमा कुल वस्तु आयात ६७ दशमलव ३ प्रतिशतले बढेको छ । ६ महिनामा नेपालमा रु.४ सय ६४ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५ दशमलव ७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा भारतबाट भएको आयात ९५ प्रतिशत, चीनबाट भएको आयात ३४ दशमलव ३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २९ दशमलव ५ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, एमएस विलेट, मेशिनरीलगायत वस्तुको आयात बढेको छ । यता रासायनिक मल, औषधि, कोल्डरोल सिट सुपारीलगायत वस्तुहरुको आयात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ७४ प्रतिशतले बढी रु. ४२८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५ दशमलव५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७ दशमलव८ प्रतिशतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL