Logo

एफडीआई अकर्षणलाई उद्योग मन्त्रीको आश्वसन, भन्छन्, ‘लगानी संरक्षण र प्रवद्र्धन गर्छौ’

एफडीआई अकर्षणलाई उद्योग मन्त्रीको आश्वसन, भन्छन्, ‘लगानी संरक्षण र प्रवद्र्धन गर्छौ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले विभिन्न मुलुकका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेका छन् । सरकारले यहि महिना आयोजना गर्न लागेको लगानी सम्मेलनका बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उद्योग मन्त्री जोशीले नेपालका सबै राजनीतिक दलहरुको ध्यान अहिले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बताउँदै नेपालमा लगानीको अनुकुल वातावरण बन्दै गएको समेत अवगत गराए । उनले सवै खाले लगानीको संरक्षण र प्रवद्र्धन गर्न सरकारले विशेष ध्यान दिइरहेको समेत बताए ।

IMG_4103

सरकारले यही फागुन १९ र २० गते काठमाडौंमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनको तयारीका वारेमा वुधवार उद्योग मन्त्रालयकामा आयोजित नेपाल स्थित विदेशी कुटनैतिक नियोगका प्रतिनिर्धिहरुसँगको अन्तरक्रियामा मन्त्री जोशीले नेपालमा अवको समय औद्योगिक क्रान्तिको समय भएकोले पूर्वाधार विकासका साथ साथै उत्पादन मूलक उद्योगमा लगानी गरी फाईदा लिन स्वदेशी तथा विदेशी लगानी कर्ताहरुलाई आग्रह गरे ।

उद्योग मन्त्रालयले औद्योगिक वातावरण निर्माणका लागि आवश्यक कानूनहरुको समसामयिक सुधार तर्पm लागेको भन्दै मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्वन्धी कानून मन्त्रालयबाट निर्माण भै सरोकारवाला मन्त्रालयहरु बीच अन्तिम छलफलमा रहेको र आगामी लगानी सम्मेलन अगावै मन्त्रिपरिष्बाट स्वीकृत गरेर संसदमामा टेवुल गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रस्तावित कानूनले नेपाली लगानीकर्ता सरह विदेशी लगानी कर्तालाइृ पनि छुट सुविधाहरुको व्यवस्था गरेको भन्दै मन्त्री जोशीले विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलिकृत बनाईएको उनको भनाई थियो । त्यस्तै, औद्योगिक प्रवद्र्धन वोर्डको बैठक नियमित प्रत्येक महिना बस्ने गरि अगाडी बढाउन लागिएको भन्दै मन्त्री जोशीले नेपालको लगानी सम्मेलनका वारेमा अन्तराष्ट्रिय स्तरबाट चासो व्यक्त भै रहेको बताए ।

छलफल विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको पछिल्लो अवस्थाका वारेमा चासो व्यक्त गरेका थिए । लगानी आकर्षित गर्न औद्योगिक वातावरण जरुरी रहेको भन्दै उनीहरुले औद्योगिक वातावरण वन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्वन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यक रहेको बताए । यसरी धारण राख्नेहरुमा नेपाल स्थित फ्रान्स, अमेरिका, वेलायत, जापान र जर्मनीका कुटनैतिक नियोगका प्रतिनिधिहरु थिए ।

अन्तरक्रिया कार्यक्रममा सम्मेलन तयारी समितिका सदस्य एवं लगानी वोर्डका बरिष्ठ व्यवस्थापक रतिस बस्नेतले अहिले सम्म विभिन्न मुलुकका ४० जनाले सम्ेलनमा सहभागिताका लागि प्रतिवद्धता जनाईसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL