Logo

राजस्व संकलन ४२ प्रतिशतले बढ्यो, ६ महिनामा उठ्यो १ खर्व ६ अर्व

राजस्व संकलन ४२ प्रतिशतले बढ्यो, ६ महिनामा उठ्यो १ खर्व ६ अर्व


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व संकलन ४२ प्रतिशतले बढेको छ । सरकारले चालू आवको पुस मसान्तसम्ममा १ खर्व ६ अर्व ३२ करोड १ लाख ६६ हजार रुपैयाँ रहेकोमा १ खर्व १२ अर्व ४८ करोड ४२ लाख ५४ हजार रुपैयाँ संकलन गरेको छ । यो रकम चालू आवको लक्ष्यभन्दा १ सय ६ प्रतिशतले बढी हो ।

आन्तरिक राजस्व विभागले आयकर तर्फ ६१ अर्व ८८ करोड ६० लाख ८९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर २८ अर्व ६० करोड २ लाख ९२ हजार रुपैयाँ र अन्तःशुल्क तर्फ २१ अर्व ८ करोड ४३ लाख ९४ हजार रुपैयाँ संकलन भएको जानकारी दिएको छ ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ३८ करोड ४९ लाख ७२ हजार रुपैयाँ र ५२ करोड ८५ लाख ७ हजार रुपैयाँ संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १४७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर १२५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १६० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १३१ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३१ प्रतिशत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL